२ श्रावण २०८३, शनिबार | July 18, 2026

बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण



तनहुँ । तनहुँको व्यास नगरपालिका-१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो ।

रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७ हजार ३२४ मा लागेको थियो । पुल निर्माणका लागि सङ्घ सरकारबाट रु एक करोड ३५ लाख सहयोग भएको थियो भने बाँकी रकम नगरपालिकाको स्रोत रहेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

विसं २०८० फागुन २३ गते सम्झौता पुलको काम वैशाख २२ गते सम्पन्न भएको थियो । विसं २०८२ भदौ ३० गतेसम्म पुल सम्पन्न गर्ने म्याद रहेको छ । पच्चीस मिटर लामो पुल सिङ्गल स्पान प्रविधिको हो । ज्वालामुखी कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल निर्माणपश्चात् दुई वडाका सर्वसाधारण लाभान्वित हुनेछन् ।

पक्की पुल निर्माण भएको स्थानमा यसअघि ह्युमपाइप कल्र्भट राखेर यातायात सञ्चालन भइरहेको थियो । बर्सातको समयमा बुल्दीखोलामा बाढी आउँदा उक्त कल्भर्टले पानीको बहावलाई रोक्दा वरपरको स्थानमा डुबान हुने गरेको थियो । जसका कारण आसपासका घर जोखिममा परेको र बसपार्क जान समेत समस्या हुँदै आएकामा अब भने सहज हुने भएको छ ।

यसैबीच निर्माण सम्पन्न भएको पुलको शुक्रबार सार्वजनिक परीक्षण गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा तेस्रो पक्ष मूल्याङ्कन, स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण गरिएको हो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा नगरपालिका अनुगमन तथा मूल्याङ्कन समितिबाट पुलको अनुगमन हुनुका साथै पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर विजय थापाको पुलको पुनः मूल्याङ्कन गर्ने काम गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ७ : १४ बजे

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय