२० मंसिर २०८२, शनिबार | December 6, 2025

उज्जवल युवा क्लब नकआउट क्रिकेटको उपाधि वडा नं १९ लाई



बुटवल । बुटवल सम्पन्न उज्जवल युवा क्लब नकआउट क्रिकेट कप २०८२ को उपाधि वडा नं १९ ले चुमेको छ । शनिबार भएको फाईनलमा ईलिट जेआर क्रिकेट क्लबलाई १२१ रनको विशाल अन्तरले पराजित गर्दै बुटवल १९ ले उपाधि चुमेको हो ।

उपाधिसंगै बुटवलले नगद ५१ हजार १ सय ५१ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता जेआर भने २५ हजार ५ सय २४ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा रुपेश कुर्मी म्यान अफ दी सिरिज घोषित हुदै नगद ३ हजार ३३३ रुपैयाँ, अजय पाण्डेय उत्कृष्ट ब्याट्सम्यान तथा शिशिर लुईटेल उत्कृष्ट बलर घोषित हुदै समान १ हजार ५५५ रुपैयाँ, कप, प्रमाणपत्रबाट पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा उज्जवल युवा क्लबको आयोजनामा नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बुटवल १९ ले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा २१६ रनको लक्ष्य खडा गरेको थियो । जसमा विशाल महर्जन ८१, विष्णु पाण्डे ६९ को योगदान दिए । विशाल लक्ष्य पछ्याएको जेआरका १४ ओभरमा ९७ मै समेटियो । जेआरका शेजाद आलम २०, शिवशंकरले १३ रनबाहेक अन्य खेलाडीहरु दोहोरो रन जोड्न सकेनन । बुटवल १९ का गोबिन्द क्षेत्रीले ३ तथा शिशिर लुईटेलले २ विकेट लिए । खेलमा बिशाल मौर्या प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही जिल्ला समन्वय समितिका संयोजक रोमाकान्त चपागाई, वडा नं १५ का वडाअध्यक्ष शिव राना, वडा नं १६ कृष्ण प्रसाद पौडेल, वडा नं १९ का वडाअध्यक्ष चन्द्र सिह थापा, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, क्लबका अध्यक्ष पंकज शर्मा पौडेल, क्लबका उपाध्यक्ष केदार पौडल, सचिव विवेक आचार्यले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ६ : २४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले