२३ भदौ २०८३, मंगलबार | September 8, 2026

उज्जवल युवा क्लब नकआउट क्रिकेटको उपाधि वडा नं १९ लाई



बुटवल । बुटवल सम्पन्न उज्जवल युवा क्लब नकआउट क्रिकेट कप २०८२ को उपाधि वडा नं १९ ले चुमेको छ । शनिबार भएको फाईनलमा ईलिट जेआर क्रिकेट क्लबलाई १२१ रनको विशाल अन्तरले पराजित गर्दै बुटवल १९ ले उपाधि चुमेको हो ।

उपाधिसंगै बुटवलले नगद ५१ हजार १ सय ५१ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता जेआर भने २५ हजार ५ सय २४ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा रुपेश कुर्मी म्यान अफ दी सिरिज घोषित हुदै नगद ३ हजार ३३३ रुपैयाँ, अजय पाण्डेय उत्कृष्ट ब्याट्सम्यान तथा शिशिर लुईटेल उत्कृष्ट बलर घोषित हुदै समान १ हजार ५५५ रुपैयाँ, कप, प्रमाणपत्रबाट पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा उज्जवल युवा क्लबको आयोजनामा नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बुटवल १९ ले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा २१६ रनको लक्ष्य खडा गरेको थियो । जसमा विशाल महर्जन ८१, विष्णु पाण्डे ६९ को योगदान दिए । विशाल लक्ष्य पछ्याएको जेआरका १४ ओभरमा ९७ मै समेटियो । जेआरका शेजाद आलम २०, शिवशंकरले १३ रनबाहेक अन्य खेलाडीहरु दोहोरो रन जोड्न सकेनन । बुटवल १९ का गोबिन्द क्षेत्रीले ३ तथा शिशिर लुईटेलले २ विकेट लिए । खेलमा बिशाल मौर्या प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही जिल्ला समन्वय समितिका संयोजक रोमाकान्त चपागाई, वडा नं १५ का वडाअध्यक्ष शिव राना, वडा नं १६ कृष्ण प्रसाद पौडेल, वडा नं १९ का वडाअध्यक्ष चन्द्र सिह थापा, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, क्लबका अध्यक्ष पंकज शर्मा पौडेल, क्लबका उपाध्यक्ष केदार पौडल, सचिव विवेक आचार्यले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ६ : २४ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर