४ पुस २०८२, शुक्रबार | December 19, 2025

हुम्लामा हिमताल फुटदा भएको क्षतिबारे संसदमा ध्यानाकर्षण



काठमाडौं। हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसदमा ध्यानाकर्षण गराइएको छ ।

गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद डमरू लामा भोटेले ध्यानाकर्षण गराएका हुन् ।

उनका अनुसार ४७ सय मिटर माथी रहेको हिमताल जेठ १ गते बिष्फोट भएको हो । उनका अनुसार सो बिष्फोटवाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिंचाई हुदैँ आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।

‘सो हिमताल फुटे पछि १८ घर परिवारको ३२ जना अहिले खेतमा पाल टाँगेर बसेका छन, जसमा जसमा २१ जना महिला, ९ जना पुरूष २ जना बालक रहेका छन् ।’

हिमताल फुटेको एक साता लागिसक्दा पनि सरकारवाट केही पहल नभएको गुनासो सांसद भोटेले गरेका छन् । उनले पीडितहरूलाई तत्काल राहात दिन र उद्दार गराउन पनि माग गरेका छन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ११ : ५१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा