३ पुस २०८२, बिहिबार | December 18, 2025

नागढुङ्गा-नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने



काठमाडौं । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाले नागढुङ्गा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए ।

“निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भने ।

नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ६ : ४० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन