२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी, धार्मिक पर्यटन प्रवद्र्धनमा जोड



बुटवल । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनबीच सहमति भएपछि यो प्रक्रिया अघि बढाइएको हो ।

बुटवल उपमहानगरपालिकाका  नगरप्रमुख पाण्डेयले बुटवलमा धार्मिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै भने, “बुटवल-मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माण भएमा स्थानीय र राष्ट्रिय समृद्धिमा उल्लेखनीय योगदान पुग्छ । भारतका धार्मिक तिर्थस्थल, लुम्बिनी र मुक्तिनाथलाई जोड्न सकियो भने भारतीय र तिब्बती पर्यटकको आगमन बढाउन सकिने सम्भावना छ ।” उनले बुटवल उपमहानगरपालिकाले त्यसको लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी गराए ।

उनले थपे, “कालीगण्डकी कोरिडोरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न घरपझोङ गाउँपालिकासँग सहकार्य गरिनेछ । बुटवल-मुक्तिनाथ पदमार्गलाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।”

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने, “बुटवलसँग भगिनी सम्बन्ध स्थापना भएर पर्यटन, विकास र सेवा प्रवाहका क्षेत्रमा अनुभव आदानप्रदान गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रो उद्देश्य प्रशासनिक मात्र नभई सांस्कृतिक र जनस्तरको सम्बन्धलाई पनि मजबुत बनाउने हो ।” दुवै पालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापन, पर्यटन पूर्वाधारको विकास र धार्मिक सम्पदाको संरक्षणमा आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाण्डेयका अनुसार, “निकट भविष्यमा भगिनी सम्बन्धलाई औपचारिकता दिन विशेष बैठक आयोजना हुनेछ । साथै, पदमार्गअन्तर्गत पर्ने अन्य स्थानीय सरकारहरूसँग संयुक्त भेला गरी धार्मिक पर्यटन प्रवद्र्धनमा नीति, योजना र कार्यान्वयनका विषयमा छलफल गरिनेछ ।” बुटवलले मुस्ताङका स्थानीय उत्पादनको प्रवद्र्धनमा नेतृत्व लिने र घरपझोङ गाउँपालिकाले बुटवल क्षेत्रका उत्पादन प्रवद्र्धनमा पहल गर्ने गरी सहमति भएको छ ।

बैशाख ५ गते नगरप्रमुख पाण्डेयको नेतृत्वमा उपप्रमुख, प्रवक्ता तथा टोलीसहित पाल्पाको श्री ७ रणउज्जेश्वरी भगवती मन्दिर दर्शनपछि मुक्तिनाथ भ्रमण प्रारम्भ गरिएको थियो । भ्रमणका क्रममा कालिगण्डकी नदी किनारका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि गुल्मी, बाग्लुङ र मुस्ताङका विभिन्न पालिकासँग पनि समन्वय गरिएको छ । नगरप्रमुख पाण्डेयले उक्त भ्रमणले कालीगण्डकी कोरिडोर क्षेत्रलाई प्रभावकारी धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : ३० बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा