३० असार २०८३, मंगलबार | July 14, 2026

बुटवल र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी, धार्मिक पर्यटन प्रवद्र्धनमा जोड



बुटवल । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनबीच सहमति भएपछि यो प्रक्रिया अघि बढाइएको हो ।

बुटवल उपमहानगरपालिकाका  नगरप्रमुख पाण्डेयले बुटवलमा धार्मिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै भने, “बुटवल-मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माण भएमा स्थानीय र राष्ट्रिय समृद्धिमा उल्लेखनीय योगदान पुग्छ । भारतका धार्मिक तिर्थस्थल, लुम्बिनी र मुक्तिनाथलाई जोड्न सकियो भने भारतीय र तिब्बती पर्यटकको आगमन बढाउन सकिने सम्भावना छ ।” उनले बुटवल उपमहानगरपालिकाले त्यसको लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी गराए ।

उनले थपे, “कालीगण्डकी कोरिडोरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न घरपझोङ गाउँपालिकासँग सहकार्य गरिनेछ । बुटवल-मुक्तिनाथ पदमार्गलाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।”

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने, “बुटवलसँग भगिनी सम्बन्ध स्थापना भएर पर्यटन, विकास र सेवा प्रवाहका क्षेत्रमा अनुभव आदानप्रदान गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रो उद्देश्य प्रशासनिक मात्र नभई सांस्कृतिक र जनस्तरको सम्बन्धलाई पनि मजबुत बनाउने हो ।” दुवै पालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापन, पर्यटन पूर्वाधारको विकास र धार्मिक सम्पदाको संरक्षणमा आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाण्डेयका अनुसार, “निकट भविष्यमा भगिनी सम्बन्धलाई औपचारिकता दिन विशेष बैठक आयोजना हुनेछ । साथै, पदमार्गअन्तर्गत पर्ने अन्य स्थानीय सरकारहरूसँग संयुक्त भेला गरी धार्मिक पर्यटन प्रवद्र्धनमा नीति, योजना र कार्यान्वयनका विषयमा छलफल गरिनेछ ।” बुटवलले मुस्ताङका स्थानीय उत्पादनको प्रवद्र्धनमा नेतृत्व लिने र घरपझोङ गाउँपालिकाले बुटवल क्षेत्रका उत्पादन प्रवद्र्धनमा पहल गर्ने गरी सहमति भएको छ ।

बैशाख ५ गते नगरप्रमुख पाण्डेयको नेतृत्वमा उपप्रमुख, प्रवक्ता तथा टोलीसहित पाल्पाको श्री ७ रणउज्जेश्वरी भगवती मन्दिर दर्शनपछि मुक्तिनाथ भ्रमण प्रारम्भ गरिएको थियो । भ्रमणका क्रममा कालिगण्डकी नदी किनारका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि गुल्मी, बाग्लुङ र मुस्ताङका विभिन्न पालिकासँग पनि समन्वय गरिएको छ । नगरप्रमुख पाण्डेयले उक्त भ्रमणले कालीगण्डकी कोरिडोर क्षेत्रलाई प्रभावकारी धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : ३० बजे

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन