१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चिया निर्यात ४६ प्रतिशतले वृद्धि



झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ ।

चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिए। गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३।६० प्रतिशतले घटेको छ । चालु आवको दश महिनामा रु छ अर्ब ६६ करोड २५ लाख ४५ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा छ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

भेनीयर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सिआरसिट ६२.२० प्रतिशत र मोलासिस निर्यातमा ८४४.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी सिमेन्ट क्लिङ्कर ३।९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५९.४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ ।

मेची भन्सारबाट चालु आवको १० महिनामा रु २१ अर्ब ४५ करोड ९३ लाख २३ हजारको मालवस्तु निर्यात भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ८ : २७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा