१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट प्रकाशित सूचनाप्रति पीडित पक्षको विमति



काठमाडौँ । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनले सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट प्रकाशित सूचनाप्रति विरोध जनाएको छ ।

सो सङ्गठनका संयोजक देवी खड्काले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै द्वन्द्वपीडितसँग परामर्शविना नै उजुरी मागसम्बन्धी सूचना सार्वजनिक गरेको र त्यसमा गोपनीयताको हकको कुनै पनि व्यवस्था नगराएको उल्लेख छ ।

“मिति २०८२/०२/०५ मा नै प्रकाशित गरी उजुरीको माग गरिएको छ, यो सम्बन्धमा पीडित पक्षसँग कुनै पनि प्रकारको समन्वय नगरी, कानुनद्वारा प्रत्यायोजित पीडितको सुरक्षा र गोपनीयताको हकलाई आघात पुर्‍याउने भएकाले प्रकाशित उक्त सूचना हामी पीडित पक्षलाई मान्य छैन”, विज्ञप्तिमा भनिएको छ, “यस्तो किसिमको अपरिपक्व प्रक्रियामा संलग्न हुनु भनेको आत्मघातसरहको कदम हुनेछ भन्ने हामी पीडितहरूको ठम्याइ छ ।”

सात वर्षदेखि ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठन’ नामक सङ्गठन नै स्थापना गरी स्वःस्फूर्त रूपमा हजारौँको सङ्ख्यामा सङ्गठित भई कानुन निर्माणमा रचनात्मक सहभागिता, कानुनको संशोधनदेखि सम्बन्धित सरोकारावालाहरूसँग कार्यविधि निर्माणको मस्यौदामा छलफल, निवेदन सङ्कलनको प्रक्रियामा गोपनीयता तथा सुरक्षाको सुनिश्चितता, पीडितबाट लिइने अनुमतिपत्र, उनीहरूको मानसिक स्वास्थ्यप्रतिको संवेदनशीलतामा केन्द्रित रहेर राज्यका प्रतिनिधिसँग सकारात्मक र सहयोगात्मक सहकार्यका रूपमा रहेको भूमिकालाई बेवास्ता गरेको विज्ञप्तिमा छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १० : ०६ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले