३ श्रावण २०८३, आइतबार | July 19, 2026

आज चार संसदीय समितिको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद्अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।

यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका काम कारबाहीबारे छलफल हुँदैछ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भाबी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ७ : २१ बजे

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य