९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान



बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ।

सो अवसरमा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना दिँदै नगरपालिकाका आवश्यकताबारे उल्लेख गरिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्लाका समस्या र सम्भावनाबारे धारणा राख्दै पूर्वप्रधानमन्त्रीबाट आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै बागलुङ प्रवेश गरेपछि विभिन्न स्वागत तथा जनभेटघाट कार्यक्रमहरूमा प्राप्त जनसहभागिता उत्साहजनक रहेको बताए ।

उनले आफूले प्रस्तावित गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लामा सबैभन्दा बढी दुरी रहेको उल्लेख गर्दै, माओवादी केन्द्र सरकार मा हुँदा पहाड क्षेत्रमा पूर्व–पश्चिम चुरे करिडोरमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने प्रयास गरिएको स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले बागलुङको विकास आवश्यकता अनुसार नगरपालिका र जिल्लाले अघि सारेका योजनाहरूमा पार्टी र नेतृत्वको तर्फबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १२ : ४७ बजे

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका