४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनीमा युवाहरुको दुई समुहबीच झडप, कटुवा पेस्तोल सहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समुहका युवाबीच भएको कुटाकुटबाट एकजना घाईते भएका छन् । स्थानीयका अनुसार जेठ २ गते देखि जितवापुरमा चलिरहेको महायज्ञमा रहेका युवाहरु र वडा नंं. ५ मोहसड गाउँबाट गएका युवाहरुको समुहबीच शनिबार राति कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जितवापुरमा गत जेठ २ गतेदेखि महायज्ञ चलिरहेको थियो । उक्त महायज्ञ स्थलमा मोहसडका केहि युवाहरु रातिको समयमा गएर विवाद गर्दै आएका थिए ।

शनिबार राति पनि करिब १२ बजेतिर गएका युवाहरुको समुहले महायज्ञ स्थलमा रहेका युवाहरुसँग विवाद गरेपछि कुटपिट सुरु भएको थियो । कुटपिटको क्रममा स्थानीय विक्रम सिंह घाईते भएका छन् । विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भिम अस्पतालमा उपचार भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

अर्कै गाउँका युवाहरु महायज्ञ स्थलमा आएर कुटपिट गर्न थालेपछि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन् ।

प्रहरी उपरिक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोल समेत बरामद गरिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ९ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको