२४ श्रावण २०८३, आइतबार | August 9, 2026

लुम्बिनीमा युवाहरुको दुई समुहबीच झडप, कटुवा पेस्तोल सहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समुहका युवाबीच भएको कुटाकुटबाट एकजना घाईते भएका छन् । स्थानीयका अनुसार जेठ २ गते देखि जितवापुरमा चलिरहेको महायज्ञमा रहेका युवाहरु र वडा नंं. ५ मोहसड गाउँबाट गएका युवाहरुको समुहबीच शनिबार राति कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जितवापुरमा गत जेठ २ गतेदेखि महायज्ञ चलिरहेको थियो । उक्त महायज्ञ स्थलमा मोहसडका केहि युवाहरु रातिको समयमा गएर विवाद गर्दै आएका थिए ।

शनिबार राति पनि करिब १२ बजेतिर गएका युवाहरुको समुहले महायज्ञ स्थलमा रहेका युवाहरुसँग विवाद गरेपछि कुटपिट सुरु भएको थियो । कुटपिटको क्रममा स्थानीय विक्रम सिंह घाईते भएका छन् । विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भिम अस्पतालमा उपचार भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

अर्कै गाउँका युवाहरु महायज्ञ स्थलमा आएर कुटपिट गर्न थालेपछि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन् ।

प्रहरी उपरिक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोल समेत बरामद गरिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ९ : १७ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको