४ पुस २०८२, शुक्रबार | December 19, 2025

सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न



काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेकी हुन् ।

यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी उनले प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गरे।

प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन । उनले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराएकी थिइन ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ४ : ०१ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ