२४ भदौ २०८३, बुधबार | September 9, 2026

रक्त संकलन केन्द्र स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघ बीच सम्झौता



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको हो ।

रक्त संकलन केन्द्र स्थापनाका लागि अस्पतालको तर्फबाट बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, वरिष्ठ प्रशासकीय प्रमुख राजन केसी तथा वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेले हस्ताक्षर गरेका छन् भने व्यापार संघको तर्फबाट अध्यक्ष दिपक अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव फर्सुराम पन्त, कार्यकारी प्रमुख सरोज पोखरेलले हस्ताक्षर गरेका छन् ।

अस्पतालमा रक्त संकलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठले बताए । अस्पतालमा सेवा स्थापना भन्दा पनि यसको दिगो सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको निरन्तरताका लागि दोस्रो पक्ष(व्यारसंघ)ले पनि दिर्घकालिन योजना र सोच तयार पार्न आग्र गरे । यसैगरी रुपन्देही व्यापार संघका अध्यक्ष अधिकारीले जनसेवाका लागि संघले अस्पतालसँग सधै सहकार्य गर्न तयार रहेको बताउँदै रक्त संकलन केन्द्रको स्थायित्वका लागि पनि आफूहरुले सधै ध्यान दिने उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. ढकालले रक्त संकलन केन्द्र स्थापनाले सेवाग्राहीलाई उपचारमा सहज हुने बताए । विगतमा अस्पतालसँग सहकार्य गरिरहेको रक्त सञ्चार केन्द्र बुटवलको भूमिकालाई पनि भुल्न नहुने उल्लेख गर्दै उनले नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहयोग अपरीहार्य रहेको बताए ।

अस्पतालमा स्थापना गरिने रक्त संकलन केन्द्रका लागि रपन्देही व्यापार संघले उपकरण उपलब्ध गराएक छ भने यसको सञ्चालन अस्पतालले गर्ने वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीले बताए । अस्पतालमा हाल मासिक ३ सय युनिट बढी रगतको माग हुँदै आएको विगतका तथ्याङ्कमा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १ : ५९ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै