३ पुस २०८२, बिहिबार | December 18, 2025

नवलपुरको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना; दुई जनाको मृत्यु, एक गम्भीर घाइते



नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै मृत्यु भएको हो।

लु ९ प ८११६ नम्बरको मोटरसाइकल अम्रसाबाट चोरमारातर्फ आउँदै गर्दा बाटो चिप्लो भएको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ घर भई चोरमारा क्षेत्रमै टायल–मार्बल मिस्त्रीको रूपमा कार्यरत २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी मधुसूदन नेपालले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ८ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका