३० पुस २०८२, बुधबार | January 14, 2026

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज आउँदै



काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौं आउँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उनले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, न्युजिल्याण्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १० : १८ बजे

करोड खर्च गरेर ‘एसएमएस आतंक’ मच्चाउने सेढाईँ पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै करोड खर्च गरेर सर्वसाधारणलाई

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान सुरु

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै