१३ असार २०८३, शनिबार | June 27, 2026

‘सगरमाथा विश्वको गौरब’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरब भएको बताएका छन् ।

अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा वसन्तपुरमा आयोजित आज बिहान आयोजित एक कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा चेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षण गर्न सरोकार भएका सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री पाण्डेले भने, “सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उच्च शिखर सगरमाथामार्फत देशको पहिचान स्थापित गर्न सफलतापूर्वक सगरमाथा संवाद आयोजना गरेर विश्व समुदायलाई सगरमाथाको देशले जलवायु परिवर्तनका कारण झेलेका समस्याबारे अवगत गरायौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् खण्डलाई मात्र होइन समग्र पृथ्वीलाई नै असर गर्छ । यो नेपालको मात्र समस्या होइन भन्ने संवाद उपयोगी रह्यो ।”

सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमलेमा प्रभातफेरी आयोजना गरिएको थियो । त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधरण सहभागी थिए ।

त्यसअघि नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो ।

सन् १९५३ मे २९ मा नेपाली शेर्पा र हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा हरेक वर्ष यो दिन अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ११ : १९ बजे

स्थापना दिवसमा होटल व्यवसायी संघ रुपन्देहीको रक्तदान, तीनदिने कार्यक्रम सुरु

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८

स्वर्गद्वारीका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको