३ पुस २०८२, बिहिबार | December 18, 2025

माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियानको दोस्रो चरण सुरु गर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेठ २१ गतेदेखि पुनः मध्य पहाडी लोकमार्ग अभियान सुचारु गर्नेभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग अभियान सुचारु गर्ने निर्णय गरेको हो । यसअघि जेठ २ गतेदेखि जेठ १० सम्म बैतडीको पाटनदेखि पोखरासम्म अभियानको पहिलो चरण सम्पन्न भएको थियो ।

बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने निस्कर्ष निकालेको छ । ‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ ।’ बैठकपछि सचिव लिलामणि पोखरेलले बताए ।

यसैगरी बैठकमा एकता प्रक्रियाबाट सचिव बनेका गंगानारायण श्रेष्ठ लगायतका नेताहरुलाई जिम्मेवारी दिने विषयमा पनि छलफल भएको छ । जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो ।

यसैगरी बैठकमा संसदभित्रको गतिविधिका बारेमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ११ : ५९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका