२७ माघ २०८२, मंगलबार | February 11, 2026

लहानमा धमाधम ‘ओभरपास’ निर्माणको काम हुँदै



सिरहा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा ‘ओभरपास’ निर्माण भइरहेको छ । ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले आगामी डिसेम्बर ३१ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको जनाएको छ ।

हालसम्म ‘ओभरपास’ निर्माणका लागि २६ मध्ये १४ पायल (पाइल) जमिनको सतहमा राख्ने काम सकिएको कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) तर्फका प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाले बताए।

“निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक उपकरणसहित बिहानदेखि रातिसम्मै काम भइरहेको छ”, उनले भने, “ओभरपासको कुल लम्बाइ ५५० मिटर हुने छभने यसको ‘ग्राउन्ड क्लियरेन्स’ छ मिटर हुनेछ । अन्तरराष्ट्रिय मापदण्डअनुसार यस ‘ओभरपास’ उचाइ छ मिटरको हुनेछ ।”

मिर्चैया चोकमा पनि ‘ओभरपास’ निर्माण सुरु गरिएको छभने यो सडकखण्डअन्तर्गत लहानमा पाँचवटा ‘अन्डरपास’ निर्माणसम्पन्न भएको छ । तर, विवादका कारण गोलबजारमा निर्माण गरिनुपर्ने दुईवटा ‘अन्डरपास’ निर्माण अझै सुरु हुन नसकेको इन्जिनियर कोइरालाको भनाइ छ ।

निर्माण कम्पनीले सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर सडक मध्यपश्चिम खण्ड (सिरहा) तर्फ बलान नदीदेखि कमलासम्म ४७ किलोमिटर सडके साढे ६२ प्रतिशत निर्माण प्रगति पूरा भएको र पूर्व खण्ड कञ्चनपुरदेखि कुशहवा (सप्तरी)तर्फ ३९ किलोमिटर सडकमध्ये ५७ प्रतिशत निर्माण प्रगति पूरा भएको जनाएको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।

सन् २०२० अक्टोबर २९ देखि तीन वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने गरी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलोपटक म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु-याइएको थियो । तर, थपिएको समयमा पनि निर्माणसम्पन्न नभएपछि अन्तिम पटकलाई भन्दै पुनः २०२५ डिसेम्बर ३१ सम्म म्याद थप गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ४ : १५ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा