२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अर्थमन्त्री पौडेलले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट र यथार्थपरक – बालकृष्ण खाँण



बुटवल । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वर्तमान सरकारले ल्याएको बजेटलाई अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी भएको बताएका छन् ।

शनिबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सिमाना जोडिएका पालिकासँगको सहकार्य र संयुक्त अभ्यास विषयक अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै नेता खाँणले, “नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरपछि अहिलेका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट सबैभन्दा राम्रो छ,” भन्दै अर्थमन्त्रीलाई विशेष धन्यवाद दिए ।

उनका अनुसार बजेटले नेपालको वस्तुस्थितिलाई यथार्थ रूपले समेटेको छ र विद्यमान आर्थिक चुनौतीबीच सुधारको स्पष्ट संकेत दिएको छ । “बजेट यथार्थमा आधारित छ, कार्यान्वयनमा समस्या नआउनेछ,” खाँणले बताए ।

पर्यटनमैत्री वातावरणको आग्रह

नेता खाँणले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि सम्भव हुने भन्दै त्यसका लागि सबैले पर्यटनमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने बताए । उनले भारतीय पर्यटकहरूलाई नेपाल प्रवेशका क्रममा अनावश्यक चेकजाँच र झन्झट झेल्नु परिरहेको भन्दै संघ र प्रदेश सरकारलाई सुधारको आग्रह गरे ।

“बेलहिया, डन्डाखोला, भैरहवा र मंगलपुरसम्म गाडी चेकिङ गर्ने गरिन्छ,” उनले प्रश्न गरे, “किन आवश्यक छ यति धेरै ठाउँमा चेकजाँच? भारतमा महाकुम्भ जस्तो ठूलो कार्यक्रम एक ठाउँको चेकजाँचमै सम्पन्न हुन्छ । हामीकहाँ पर्यटकलाई तीन तहका सरकारहरूबाट ‘अतिथि देवो भवः’ भन्नुपर्ने बेलामा ‘हेरेस्मेन्ट’ भइरहेको छ ।”

५ हजार डलरको व्यवस्था सकारात्मक

प्रदेश सरकारले भारतीय पर्यटकका लागि २५ हजार भारतीय रुपैयाँ मात्रै ल्याउन पाउने निर्णय सच्याएर ५ हजार अमेरिकी डलर ल्याउन दिने व्यवस्था राम्रो भएको बताउँदै उनले लुम्बिनी, मुक्तिनाथ, सगरमाथाजस्ता पर्यटकीय गन्तव्यहरूबाट समृद्धि हासिल गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सीमा नाकामा प्रहरीले पर्यटकलाई सास्ती दिने गुनासो सरकारसम्म पनि आइपुगेको जनाउँदै सुधारको आवश्यकता औंल्याए । त्यसैगरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका अनिवार्य कामका लागि पनि प्रदेश सरकारबाट बजेट नपाउँदा ‘सरकार भएको महसुस गर्न नसकेको’ गुनासो गरे ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ४ : ०९ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल