२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइसिसी विश्वकप लिग-२ : नेपाल आज स्कटल्यान्डसँग भिड्दै



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ । नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो ।

पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो । सात महिgfपछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग-२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ ।

नेपालले यसअघि लिग-२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो । नेपाल र स्कटल्यान्डबीच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ ।

यसअघि भएका आठ एक दिवसीय खेलमा नेपालले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ । एक खेल भने रद्द भएको थियो । सोमबारदेखि लिग-२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो ।

नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग १०२ रनले पराजित भयो भने आइतबारका लागि तय भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । लिग-२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

नेपाले यस सिरिजको पहिलो खेल सोमबार स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ ।

नेपाली टोली

नेपाल क्रिकेट सङ्घ (क्यान) रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् । नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् । नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : ४० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले