१५ माघ २०८२, बिहिबार | January 30, 2026

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु



नयाँदिल्ली । भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ ।

स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मे मा देशमा २५७ केसहरू मात्रै थिए तर यो बिचका ९ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेका हुन् ।

गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय प्रौढको कोरोना कारण मृत्यु भएका थियो । तर, उनले दुवै खोपसँगै  बुस्टर डोज पनि लगाएका थिए तर  पनि उनको ज्यान गुमाउनु परेको थियो ।

भारत सरकारले मानिसहरूलाई भीडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन भनिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ८ : ४५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला