३ चैत्र २०८२, मंगलबार | March 17, 2026

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान



तुलसीपुर । नेपाल वायु सेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ ।

टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो ।

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अवस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा बनेको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ०४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित