३ पुस २०८२, बिहिबार | December 18, 2025

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते



नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीमा आज बिहान एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुटवलबाट बिरामी बोकी नारायणघाटतर्फ गइरहेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ आइरहेको दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान बिहान एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुलप्रसाद सुबेदी गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

एम्बुलेन्समा सवार रुपन्देही, बुटवल–३ की ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र स्नेहा परियार घाइते भएका छन्। उनीहरू टाउको तथा अनुहारमा चोट लागेको अवस्थामा छन् र चितवनको मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्कुल भ्यानमा सवार देवचुली–१७ की १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोका सामान्य घाइते भएका थिए। उनीहरूलाई स्थानीय भविष्य पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

एम्बुलेन्समा सवार अन्य बिरामीहरूलाई अर्को एम्बुलेन्समार्फत चितवन पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ५९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका