१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अझै बस्न सकेन प्रतिनिधिसभाको बैठक



काठमाडौं । प्रतिनिधिसभाको आज बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद माधव सापकोटाले छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले संसद् चल्न ढिला भइरहेको बताए । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  २ : ४५ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक