बुटवल । पाल्पाको नुवाकोटस्थित नुवाकोटगढी रिसोर्टमा रहेका अस्थायी संरचना तिनाउ सब डिभिजन वन अधिकृतको टोलीले हटाएको छ ।

बुधबार तिनाउ सब डिभिजन वन कार्यालयका वन अधिकृत प्रेम चौधरी र वन कर्मचारी सहित, तिनाउ गाउँपालिकाका वडाध्यक्ष यादव अर्याल, सामुदायिक वनका अध्यक्ष जुद्ध बहादुर थापा, नुवाकोट टोल विकास समितिका अध्यक्ष बिष्णु कुमाल, स्थानीय सहित सबैको सामूहिक प्रयासमा अस्थायी संरचना हटाइएको हो ।

रिसोर्टले निर्माण गरेका अस्थायी टेबल कुर्ची हटाइएको र पछि नापी ल्याएर नापजाँच गरी सिमा छुट्टयाउने गरी मुचुल्का बनाइएको रिसोर्टका सञ्चालक कृष्ण कुमालले जानकारी दिए ।



















प्रतिक्रिया