२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

विश्वकै लामो मुक्तिनाथ केबलकारको ५७ अर्ब ६४ करोड लगानी र डीपीआर स्वीकृत



काठमाडौं । लगानी बोर्ड नेपालको ६४ औं बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।

रु ५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केवरकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

बैठकले ७५० मेगावाट क्षमताको रु १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।

त्यसैगरी ४३.२ मेगावाटको छिलुुङ खोला जलविद्युत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ ।

बैठकले जनकपुरमा रिफाइन इडिबल आयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : ३५ बजे

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी)ले आठ वर्षमा नेपालका

कोप-३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम

टर्किए । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष

मुकु सुवेदीको ‘ख्याल ख्यालमे’ सार्वजनिक, विजय र समीक्षा चौधरीको स्वर

बुटवल । थारू गीत-संगीतको क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति थपिएको छ

दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, चालकसहित ६ जना घाइते

सुर्खेत । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटनामा

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा

रसुवा । भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना