३ पुस २०८२, बिहिबार | December 19, 2025

पश्चिम नवलपरासीको सुनवलमा कोदालो प्रहार गरी बुवासहित छिमेकीको हत्या, युवक पक्राउ



बुटवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अवरैयामा आज बिहान करिब १०?३० बजे एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।

घटनामा संलग्न २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए ।

हत्या गर्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलको अनुसन्धान जारी रहेको र हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १ : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको