१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पश्चिम नवलपरासीको सुनवलमा कोदालो प्रहार गरी बुवासहित छिमेकीको हत्या, युवक पक्राउ



बुटवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अवरैयामा आज बिहान करिब १०?३० बजे एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।

घटनामा संलग्न २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए ।

हत्या गर्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलको अनुसन्धान जारी रहेको र हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १ : ०० बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको