२० मंसिर २०८२, शनिबार | December 6, 2025

यु-१४ विद्यालय खेलकुदमा सहभागी हुने टेवलटेनिस खेलाडीहरुको बिदाई



बुटवल । काठमाडौंमा हुन गैरहेको चौध वर्ष मुनीका यु-१४ विद्यालय खेलकुद प्रतियोगितामा छनौट भएका टेवल टेनिसका खेलाडीहरुलाई बुटवलमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।

लुम्बिनी प्रदेश टेवल टेनिस संघको आयोजनामा भएको विदाई कार्यक्रममा प्रदेशबाट छनौट भएका ६ जना खेलाडीलाई खादा तथा टिर्सट प्रदान गर्दै विदाई गरिएको थियो ।

खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, लुम्बिनी प्रदेश टेवल टेनिस संघका अध्यक्ष विकास बहादुर सिंह, सल्लाहाकार कृष्णकुमार श्रेष्ठ, रुपन्देही जिल्ला अध्यक्ष नरबहादुर क्षेत्री, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, संघका प्रदेश सचिव रमेश न्यौपानेले टिका, खादा र टिर्सट प्रदान गर्दै खेलाडीहरुलाई विदाई गरेका थिए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै छात्रतर्फ सुविन क्षेत्री, सुविन थापा र सुभभ न्यौपाने तथा छात्रातर्फ सोनाम गुरुङ, आयना शाह र परिनिता गिरी सहभागी हुदैछन् । यी खेलाडीहरुले सिंग्गल र डबल विधामा प्रतिष्पर्धा गर्ने छन् ।

सो अवसरमा बोल्ने प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने प्रतियोगितामा सहभागीता जनाउदा जित्ने मात्र नभएर सिक्ने कुरामा पनि ध्यान दिन आग्रह गर्दै अभिभावकहरुलाई आफ्ना बच्चालाई खेल खेल्ने प्रेरित गर्न सुझाव दिए । कार्यक्रम सघका सचिव रमेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु-१४ विद्यालय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट विभिन्न विधाका ७८ खेलाडी छनौट भएका छन् । प्रतियोगितामा चौध वर्ष मुनीका विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेटमा सहभागीता जनाउने छन् ।

लुम्बिनीबाट एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पमा ११ जना, टेवलटेनिसमा ६ जना, बास्केटबलबाट ९ जना, रग्वीमा २६ जना, ब्याटमिन्टनमा ७ जना, क्रिकेटमा १६ जना खेलाडी र टोलीनेता, उपनेता गरि ७८ जना छनौट भएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ४ : ५२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले