१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नेपालगञ्जमा धुमधामले मनाइयो बकर इद



नेपालगञ्ज । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज यहाँस्थित विपी चोकको इदगाहमा धुमधामले मनाइएको छ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ । इदगाहभित्रको स्थान साँघुरो भएका कारण अधिकांश इदगाह बाहिर सडकमा बसेर नवाज पढेको देखिन्थ्यो । बिहानै स्नान गरेर नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले जानकारी दिए ।

उनले यसको विशेषता भनेकै गरिब समुदायको उत्थान भएको उल्लेख गर्दै कुर्बान अर्थात् बलि गरिएको मासुलाई तीन भागमा विभाजन गरेर इष्टमित्र, आफन्तजन र गरिव, विपन्न समुदायलाई वितरण गरिने बताए । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा सो पर्व मनाउन थालिएको हो ।

नेपालगञ्जका स्थानीय हलिम खानले मुस्लिम समुदायको उक्त पर्वको ऐतिहासिक घटनाक्रम रहेको उल्लेख गर्दै कुर्बान गर्ने प्रचलनसँग यसलाई जोडेर हेर्न मिल्ने बताए । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । त्यसैले अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए ।

कुर्बान गरेको मासु तीन भागमा वितरण हुने गरेको छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ३ : १७ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको