२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवलको हस्पिटल लाईनमा आरोग्य स्पर्श क्लिनिक संचालन

तीन दिन बिरामीका लागि निःशुल्क परामर्श सेवा र केही उपचारमा विशेष छुट



बुटवल । बुटवल हस्पिटललाईनमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक संचालनमा आएको छ । एकै स्थानमा छाला, यौन रोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको आरोग्य स्पर्श क्लिनीक आज शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

बुटवल क्षेत्रका चार जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुको एक करोडकको लगानीमा शनिबारदेखि क्लिनीक संचालनमा आएको हो । क्लिनिकको पन्चकन्याले रिवन काटेर शुभारम्भ गरेका हुन् ।

क्लिनीक शुभारम्भ कार्यक्रममा बरिष्ठ छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर मनोज सापकोटाले क्लिनिकबाट आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोली र ब्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गरिने बताए । उनका अनुसार वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर विन्दु खरेल र वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शीला ढकालले पनि सेवा दिनु हुने छ ।

क्लिनिकबाट छाला, यौन रोग तथा कस्मेटिक लेजर विशेषज्ञ सेवा, छालाका समस्याको बिस्तृत डिजिटल परीक्षण, लेजर प्रयोग गरि छालाको दाग, छालामा दादलगायतका समस्याको पहिचान र समाधान, छाला तथा ट्याटुको दाग हटाउने, कपाल प्रत्यारोपण गर्ने, कपालको स्वास्थ्यकालागि जिएफसी थेरापी, छाला समस्याको परामर्शकालागि डर्मेटोलोजि सेवा, निसन्तान दम्पत्तीकालागि उचित परामर्श र उपचार सेवालगायतका सेवा क्लिनिकमा उपलब्ध भएको डा.बिन्दु खरेलले जानकारी दिइन ।

क्लिनिक शुभारम्भको अवसरमा शनिबारदेखि तीन दिन बिरामीका लागि निःशुल्क परामर्श सेवा र केही उपचारमा विशेष छुटको ब्यवस्था समेत गरिएको क्लिनीका संचालक विवेक खरालले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ७ : ०३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल