२० मंसिर २०८२, शनिबार | December 7, 2025

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीले ३६ औँ स्थापना दिवस



तिलोत्तमा । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले ३६ औँ स्थापना दिवस मनाएको छ । शनिबार तिलोत्तमास्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीको आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी केक काटेर महासङ्घ रुपन्देहीले सङ्घको स्थापना दिवस मनाएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका अध्यक्ष टङ्कनाथ अधिकारीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिँदै महासङ्घ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले महासङ्घको जन्म कस्तो परिस्थितिमा भएको थियो र महासङ्घ अहिले कस्ता अवस्थामा छ भन्ने विषयमा प्रकाश पारेका थिए । उनले २०४७ सालमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्थापना भएको बताउँदै सुरुवाती समयमा यो संस्था निकै सक्रिय रहेको भएता पनि बिचको समयमा सुस्त हुन पुग्दा पछाडि परेको बताए। देशमा सबै भदा धेरै साना तथा मझौला व्यवसायीहरूकाे संख्या रहेको भएको बताउँदै महासंघले सबैलाई समेटेर अगाडी बढ्न पर्ने बताए ।

त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका सल्लाहकार ज्ञानेन्द्र कसजुले शुभकामना दिँदै कुनै समय घरेलु तथा साना उद्योग महासङ्घ व्यावसायिक संघ–संस्थाहरू मध्य सबैभन्दा सक्रिय र ठुलो सस्ताका रूपमा रहेको स्मरण गरे । त्यस्तै महासङ्घ रुपन्देहीका सल्लाहकार तेजकुमार पाठक तथा नवराज श्रेष्ठले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ आम साना तथा मझौला व्यावसायिहरुको साझा संस्था भएको बताउँदै संस्थाले हरेक साना व्यावसायिहरुको आवाज मुखरित गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरूले महासङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दे हालै सार्वजनिक बजेटमा महाघले साना तथा मझौला व्यावसायिहरुका हितमा उठाएका मागहरूको सम्बोधन गरिएका भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महासंघ रुपन्देहीका अध्यक्ष टङ्कनाथ अधिकारीले २०४७ सालमा स्थापना भएको यो संस्था आम उद्योगी तथा व्यावसायिहरुको साझा संस्था भएको बताउँदै यसमा साना देखि वार्षिक १५ करोड कारोबार गर्ने सम्मका व्यावसायिहरु समेटिने भएकाले महासंले सबैलाई समेटेर अगाडी बढ्ने बताए, उनले तिलोत्तमा नगरपालिकाले यो भवन अस्थायी रूपमा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएकोमा नगर प्रमुख उपप्रमुख लगायत सबैमा हार्दिक धन्यवाद दिए ।

उनले सबैको साथ र सहयोग रहे यसै कार्यकालमा महासङ्घ रुपन्देहीको आफ्नै भवन बनाएर सोही भवन बाट महासङ्घको सम्पूर्ण प्रशासनिक कार्यहरू सञ्चालन गर्ने आफ्नो अठोट रहेको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका निवर्तमान अध्यक्ष ध्रुव कुमार धिताल, महासङ्घ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष नेत्र पाठक, तिलोत्तमा नगर अध्यक्ष ईश्वरी कार्की, महिला उद्यमी समिति रुपन्देही अध्यक्ष सुलोचना नेपाल, महिला उद्यमी समिति केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी प्रदेश कोषाध्यक्ष माया खनाल, महासंग रुपन्देहीका मिडिया सल्लाहकार गौतम भुसाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासङ्घ रुपन्देही सचिव थानेश्वर चापागाँइले गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ९ : १६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल