२२ भदौ २०८३, सोमबार | September 7, 2026

चोरी भएका २२ वटा मोटरसाइकल र स्कुटर सवारीधनीले पाए



काठमाडौं । चोरी भएका २२ वटा दुईपांग्रे मोटरसाइकल र स्कुटर सवारीधनीले पाएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका मोटरसाइकलर स्कुटर खोजेर आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ स्कुटर र १० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ट्राफिक प्रहरीले ती सवारीसाधनलाई फेला पारेको थियो ।

ट्राफिक प्रहरीका अनुसार, गत वर्ष साउनदेखि आजसम्म ४६७ वटा सवारीसाधन खोजेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । चोरीका ४४ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न ६६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा ४९९ वटा, ०८०/०८१ मा ४१७ र ०८१/०८२ को आज सम्ममा ४६७ वटा दुईपांग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार