१३ पुस २०८२, आइतबार | December 28, 2025

आयल निगम गण्डकीका प्रमुख दाससहित ५ जनाविरुद्ध मुद्दा



पोखरा । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा इन्धन चोरीको आरोपमा कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी कार्यालयका प्रमुख चितरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स कम्पनीका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मकट्टेल, गण्डकी-धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना र लक्ष्मण राणाभाट तथा ट्यांकर चालक निर्मल थापाविरुद्ध आइतबार भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा उनीहरूले योजनाबद्ध रूपमा मिलेमतो गरी डिपोको सीसी क्यामरा बन्द गरेर नियोजित तरिकाले डिजेल बढी लोड गरेको पुष्टि भएको हो ।

२०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्स कम्पनीले १२ हजार लिटर डिजेलको अर्डर गरी नेपाल आयल निगमको खातामा भुक्तानी गरे पनि सो दिन सिसी क्यामरा बन्द गरेर ३ हजार २ सय लिटर बढी डिजेल लोड गरिएको पाइएको थियो ।

ग २ ख ८३६ नम्बरको ट्यांकरमा लोड गरिएको उक्त डिजेल पोखरा महानगरपालिका-२७ मा रोकिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको थियो ।

त्यहाँ १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो, जुन अर्डर गरिएकोभन्दा ३ हजार २ सय लिटर बढी हो । बरामद गरिएको अतिरिक्त डिजेलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ बराबर रहेको अख्तियारले जनाएको छ ।

ट्यांकरको चलान, बिल र गेटपासमा तत्कालीन डिपो प्रमुख चितरञ्जन दासले स्वयम् हस्ताक्षर गरेका थिए । उनीमाथि निगमको डिपोका लागि तोकिएको नोक्सानी सीमा दुरुपयोग गर्दै पटक-पटक इन्धन अपचलन गर्दै आएको आरोप यसअघि पनि लाग्दै आएको थियो ।

उनी प्रादेशिक प्रमुख भएपछि गण्डकीमा अघिल्ला दुई आर्थिक वर्षको तुलनामा निगमले दोब्बर नोक्सानी व्यहोर्नुपरेको विवरण निगमको केन्द्रीय कार्यालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

घटनापछि फरार रहेका डिपो प्रमुख दासविरुद्ध साउन ३० गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी कात्तिक १४ गते अदालतमा उपस्थित भएका थिए र त्यही दिन ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनी एक दिन पनि हिरासतमा नरहाइकन धरौटीमा छुटेका हुन् ।

यसअघि नै इन्धन अपचलनमा संलग्न भनिएका अन्य आरोपित व्यवसायी बाबुराम जमरकट्टेल १ लाख ५० हजार, एसोसिएसनका तत्कालीन सचिव जगन्नाथ ढुंगाना १ लाख र ट्यांकर चालक निर्मल थापा ७५ हजार धरौटीमा छुटेका थिए ।

घटनाको विस्तृत अनुसन्धानपछि प्रहरीले सो प्रकरणमा संलग्न सबै व्यक्तिहरूविरुद्ध कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।

त्यसअनुसार सरकारी वकिलको कार्यालयले डिपो प्रमुख दासविरुद्ध कम्तीमा ५ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । अन्य तीन अभियुक्त व्यवसायीहरूलाई जनही ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजायको माग दाबी गरिएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ६ : ५५ बजे

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

मेयर बालेन दुई साताभित्र पदबाट राजीनामा दिने तयारीमा, संसदीय राजनीतिमा होमिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई