१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आयल निगम गण्डकीका प्रमुख दाससहित ५ जनाविरुद्ध मुद्दा



पोखरा । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा इन्धन चोरीको आरोपमा कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी कार्यालयका प्रमुख चितरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स कम्पनीका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मकट्टेल, गण्डकी-धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना र लक्ष्मण राणाभाट तथा ट्यांकर चालक निर्मल थापाविरुद्ध आइतबार भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा उनीहरूले योजनाबद्ध रूपमा मिलेमतो गरी डिपोको सीसी क्यामरा बन्द गरेर नियोजित तरिकाले डिजेल बढी लोड गरेको पुष्टि भएको हो ।

२०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्स कम्पनीले १२ हजार लिटर डिजेलको अर्डर गरी नेपाल आयल निगमको खातामा भुक्तानी गरे पनि सो दिन सिसी क्यामरा बन्द गरेर ३ हजार २ सय लिटर बढी डिजेल लोड गरिएको पाइएको थियो ।

ग २ ख ८३६ नम्बरको ट्यांकरमा लोड गरिएको उक्त डिजेल पोखरा महानगरपालिका-२७ मा रोकिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको थियो ।

त्यहाँ १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो, जुन अर्डर गरिएकोभन्दा ३ हजार २ सय लिटर बढी हो । बरामद गरिएको अतिरिक्त डिजेलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ बराबर रहेको अख्तियारले जनाएको छ ।

ट्यांकरको चलान, बिल र गेटपासमा तत्कालीन डिपो प्रमुख चितरञ्जन दासले स्वयम् हस्ताक्षर गरेका थिए । उनीमाथि निगमको डिपोका लागि तोकिएको नोक्सानी सीमा दुरुपयोग गर्दै पटक-पटक इन्धन अपचलन गर्दै आएको आरोप यसअघि पनि लाग्दै आएको थियो ।

उनी प्रादेशिक प्रमुख भएपछि गण्डकीमा अघिल्ला दुई आर्थिक वर्षको तुलनामा निगमले दोब्बर नोक्सानी व्यहोर्नुपरेको विवरण निगमको केन्द्रीय कार्यालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

घटनापछि फरार रहेका डिपो प्रमुख दासविरुद्ध साउन ३० गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी कात्तिक १४ गते अदालतमा उपस्थित भएका थिए र त्यही दिन ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनी एक दिन पनि हिरासतमा नरहाइकन धरौटीमा छुटेका हुन् ।

यसअघि नै इन्धन अपचलनमा संलग्न भनिएका अन्य आरोपित व्यवसायी बाबुराम जमरकट्टेल १ लाख ५० हजार, एसोसिएसनका तत्कालीन सचिव जगन्नाथ ढुंगाना १ लाख र ट्यांकर चालक निर्मल थापा ७५ हजार धरौटीमा छुटेका थिए ।

घटनाको विस्तृत अनुसन्धानपछि प्रहरीले सो प्रकरणमा संलग्न सबै व्यक्तिहरूविरुद्ध कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।

त्यसअनुसार सरकारी वकिलको कार्यालयले डिपो प्रमुख दासविरुद्ध कम्तीमा ५ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । अन्य तीन अभियुक्त व्यवसायीहरूलाई जनही ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजायको माग दाबी गरिएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ६ : ५५ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको