२३ भदौ २०८३, मंगलबार | September 8, 2026

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि



काठमाडौं । पोर्चुगलले यूइएफए नेसन्स लिगको उपाधि जितेको छ । स्पेनलाई हराउँदै पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको हो ।

गएराती भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै पोर्चुगलले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको हो । नियमित समय २-२ को बराबरीमा सकिपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुगलले उपाधी चुम्न सफल भयो ।

त्यसअघि खेलको २१ औं मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गर्दै स्पेनलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट मै पोर्चुगलले बराबरी गोल फर्कायो । पोर्चुगलका नुनो मेंडेसले २६ औं मिनेटमा गोल गरेका हुन् ।

स्पेनका मिकेल ओयार्जाबालले ४५ औं मिनेटमा गोल गर्दै दोस्रोपटक टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ६१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई दोस्रोपटक खेलमा फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ७ : ५७ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा