काठमाडौं । भिजिट भिसा प्रकरणमा सहमति निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच बुँदे सहमतिको प्रस्ताव गरेको छ ।
भिजिट भिसा प्रकरणमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच विवाद हुँदा निरन्तर संसद अवरोध भैरहेपछि रास्वपाले सहमतिका लागि पाँच बुँदे नयाँ प्रस्ताव गरेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध गर्दैआएका छन् । प्रतिपक्षी दलहरुको अवरोधपछि सोमबार पनि प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
सहमतिको प्रयासका लागि दलहरुले निरन्तर प्रयास जारी राखे पनि निस्कर्ष निस्कन सकेको छैन । प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच यसबीचमा धेरैपटक छलफल भैसकेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सहमतिका लागि अनुदार देखिएको प्रतिपक्षी दलहरुले आरोप लगाइरहेका छन् ।



















प्रतिक्रिया