१४ भदौ २०८३, आइतबार | August 31, 2026

भिजिट भिसाबारे छानबिन गर्न सरकारले बनाएको समिति रास्वपा र राप्रपाद्वारा अस्वीकार



काठमाडौं । सरकारले भिजिट भिसा प्रकरण गर्न बनाएको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई रास्वपा र राप्रपाले अस्वीकार गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन भएको र कार्यादेशबारे जानकारी गराएका थिए ।

तर रास्वापका सांसद स्वर्णिम वाग्लेले सरकारले बनाएको सो समिति अस्वीकार गर्ने बताए । उनले गृहमन्त्री रमेश लेखकमाथि नै छानबिन हुनुपर्नेमा उनकै प्रस्तावमा बनेको समितिबाट कुनै छानबिन हुन नसक्ने तर्क गरे । छानबिन समितिका संयोजक तोकिएका शंकरदास बैरागी हालको नेतृत्वबाट लामोसमयदेखि रुचाइएका पात्र भएको जिकिर गर्दै वाग्लेले उनीबाट सरकारको इच्छाअनुसार रिपोर्ट आउनेगरी समिति बनाइएको तर्क गरे । उनले संसदीय समिति वा जाँचबुझ आयोग ऐन अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे ।

यस्तै राप्रपाका सांसद ज्ञानबहादुर शाहीले अहिले बनाइएको समिति दुधको साक्षी बिरालो भएको आरोप लगाए ।

यसअघि गृहमन्त्री रमेश लेखकले ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ बारे जानकारी गराएका थिए । उनले समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिएको बताए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : २४ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति