९ श्रावण २०८३, शनिबार | July 25, 2026

नेपालगन्जमा डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिताबारे अभिमुखीकरण



नेपालगन्ज । नेपालगन्जमा सञ्चारकर्मीहरुका लागि डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरेको हो ।

अभिमुखीकरणको आज एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अहिलेको डिजिटल युगमा डिजिटल मिडियाको महत्व बढेको बताए । विष्टले पत्रकारितामा पछिल्लो समय स्वघोषित पत्रकारहरुको संख्या बढिरहेको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकतामा जोड दिए । उनले स्वघोष्ति पत्रकारहरुका कारण कर्म गर्ने सञ्चारकर्मीहरु बदनाम भएको उल्लेख गर्दै उनले राज्यको चौथो अंगको रुपमा हेरिने पत्रकारिता स्वस्थ, निर्भिक र मर्यादित हुनुपर्ने बताए । नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार नीति निर्माण गरेर कार्यान्वयनमा ल्याइसकेको बताउँदै आगामी दिनमा मिडिया सहकार्यलाई अझ फराकिलो र मजबुत बनाउने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नेपालगन्ज उपमहानगपालिकाले गरिरहेका असल काम र अभ्यासहरुको बारेमा लेख्न तथा कमीकमजोरीहरु औंल्याइदिन पत्रकारहरुलाई आग्रह गरे । उनले आफु जाहाँ रहँदापनि सञ्चार।कर्मीहश्रसंगको सम्बन्ध सौहार्दउूर्ण हुने गरेको बताए ।

नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकास गर्ने र पेशाप्रति जिम्मेवारीबोध गराउने उद्देश्यतले तालिम आयोजना गरिएको बताए । गिरीले तालिमलाई सिक्ने सिकाउने प्रक्रियामा लिन आग्रह गर्दै तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे ।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु निरज गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

चार दिनसम्म चल्ने तालिम दुई चरणमा सञ्चालन हुनेछ । जेठ २६ र २७ गते पहिलो चरण र जेठ २८ र २९ गते दोस्रो चरणमा तालिम सञ्चालन हुनेछ । दुई चरणमा गरी तालिममा ८० जनाको सहभागिता रहनेछ । तालिममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र पत्रकार केपी ढुंगानाले सहजीकरण गरिरहेका छन् । ढुंगानाले डिजिटल मिडिया र दाहालले मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  १० : २१ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा