२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु



नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु देखिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले बुधबार नेपालगन्जमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु देखिएको उल्लेख गर्दै यसको व्यवस्थापनका लागि कानुनको मस्यौदा तयार भइरहेको बताए । उनले लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले कानुन निर्माणको प्रक्रिया अघि बढाएको बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष समेत रहेका बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद थारुले सञ्चारमन्त्रीसँगको भेटमा आफूले लोककल्याणकारी विज्ञापनको विषयलाई प्राथमिकताका साथ कुरा उठाएको बताए । सञ्चारमन्त्री यस विषयमा सकारात्मक र प्रतिबद्ध देखिएको उल्लेख गर्दै उनले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

थारुले पत्रकारिताको गरिमा र विश्वसनीयता जोगाउन आवश्यक रहेकोमा जोड दिँदै पत्रकारिता, सञ्चार माध्यम र व्यक्तिगत सामाजिक सञ्जालका सामग्रीबीचको भिन्नता बुझ्नुपर्ने बताए । पत्रकारिताको जिम्मेवारी र मर्यादालाई सामाजिक सञ्जालमा व्यक्त गरिने व्यक्तिगत विचारसँग जोडेर हेर्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै महासंघ बाँके शाखाका पूर्व अध्यक्ष एवम साँसद थारुसहित पत्रकारितामा बाँकेमा योगदान गरेका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व अध्यक्षहरू निरजकुमार गौतम, झलक गैरे र शुक्रऋिषी चौलागाई, पूर्व उपाध्यक्ष सिराज खान, पूर्व कार्यसमिति सदस्य सावित्री गिरि लगायत रहेका छन् ।

शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले महासंघको कार्यसमितिमा रहेर संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व पदाधिकारी तथा अग्रजहरूलाई सम्मान गर्ने संस्कारको सुरुवात गरिएको बताए । उनले यसलाई थप बृहत् बनाउँदै आगामी दिनमा सम्मानको शृङ्खलालाई निरन्तरता दिइने उल्लेख गरे । पत्रकारिता क्षेत्रलाई स्वच्छ, मर्यादित र जिम्मेवार बनाउन सबै पत्रकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै गिरीले पत्रकारहरूको क्षमता विकास, संस्थागत सुदृढीकरण र पत्रकारिताको गरिमा अभिवृद्धिका लागि शाखा क्रियाशील रहेको बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू निरजकुमार गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरी, अग्रज पत्रकार अछरी पोखरेल तथा महासंघका पूर्व उपाध्यक्ष सिराज खान लगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए । महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रेजिना मल्लले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ९ : १४ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी