३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रम : बुटवलका ५० जना युवाहरुलाई अडियो, भिडियोग्राफी, ड्रोन तथा एसी, फ्रिज बनाउने तालिम सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको ‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रम अन्तरगत युवाहरुका लागि एसी, फ्रीज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिम तथा अडियो, भियोग्राफी र ड्रोन सम्बन्धी आधारभूत तालिम सञ्चालनमा आएको छ । तालिमको मंगलबार समुद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले युवाहरुलाई रोजार सिर्जनाका लागि सीपमूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराए ।

‘तालिमका लागि मात्रै तालिम होइन, सिकेका सीपलाई प्रयोग गरेर स्वरोजगार बन्ने, उद्यमी बन्ने बाटोमा युवाहरुलाई प्रेरित गर्ने हाम्रो लक्ष्य हो ।’- नगर प्रमुख पाण्डेयले भने, सीप प्रदान गर्ने मात्रै होइन उपमहानगरले रोजगारको सिर्जनाका लागि पनि काम गर्दैछ । उपमहानगरले रोजगार सिर्जनाका लागि आगामी महिना रोजगार मेला आयोजना गर्न लागेको जानकारी गराउँदै उनले उक्त मेलामा रोजगारदाता कम्पनी र उपमहानगरले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी व्यक्तिहरुलाई एकै ठाउँ सहभागी गराएर दुबै पक्षलाई श्रम र रोजगारको अवसर सिर्जना गरिने बताए ।

उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलभित्र रहेका युवाहरुलाई सकेसम्म रोजगार तथा स्वरोजगार बनाउने योजना अनुसार ठूला धनराशी लगानी गरेर सीपमूलक तालिमहरु सञ्चालन गरिएको जानकारी दिइन् । सकेसम्म देशमा सिकेको सीपलाई देशभित्रै प्रयोग गर्न सुझाव दिँदै उनले सिकेका सीपलाई अनिवार्य रुपमा व्यवहारमा प्रयोग गर्न समेत आग्रह गरिन् ।

उपमहानगरले सञ्चालन गरेको एसी, फ्रीज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिममा २० जना युवाहरु सहभागी रहेका छन् । एक महिनासम्म सञ्चालन हने उक्त तालिमका लागि यसअघि नै आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको थियो । यसैगरी अडियो, भिडियोग्राफी तथा ड्रोन सम्बन्धी आधारभूत तालिमा ३० युवा युवाहरु छनोट भएका छन । ३० दिनसम्म सञ्चालन हुने उक्त तालिममा पनि आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ५ : १८ बजे

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र