३ पुस २०८२, बिहिबार | December 18, 2025

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको जनाइएको छ ।

पाठकलाई कांग्रसेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका छोरा जयवीरसिंह देउवाले हिल्टन होटलको शेयर किनेको विषयमा भएको चर्चाको विषयमा युट्युव भिडियो बनाउँदा साइबर अपराधसँग जोडेर प्रहरीले पक्राउ पुर्जी जारी गरेको जनाइएको छ ।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको स्रोतको भनाइ छ । पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीमा जयवीरसहितका व्यक्ति जोडिएको विषयलाई भिडियोमार्फत प्रस्तुत गरेको थिए ।

त्यस भिडियोमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा र उनका छोरा छोरा जयवीरले गरेको लगानी र मिडियामा आएका जयवीरसँग सम्बन्धित विषयलाई उठान गरेर भिडियो बनाएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १२ : १५ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत