५ श्रावण २०८३, मंगलबार | July 21, 2026

अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा



सुनसरी । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ ।

आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।

उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा आज गर्मी बिदा दिने जनाएको हो । अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले बिदा दिएको उनले बताए । स्थानीय तहको यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकलाई केही राहत दिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  २ : ३३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान