३० असार २०८२, सोमबार | July 14, 2025

दर्ताबिनै संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द



भैरहवा । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।

अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’

रानाले दर्ता गरी मापदण्ड पूरा गरेर संचालन गर्न निर्देशन समेत दिइएको जनाए । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै संचालित थिए । फार्मेसी संचालनको अनुमती लिए पनि क्लिनिक संचालनको अनुमती नलिएको पाइएपछि बन्द गरिएको हो ।

बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगरमा संचालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चम्सा पसलमा संचालित क्लिनिक छन् । यस्तै, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यस्तै, लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर १२, १३ र वडा ७ का हुन् । यी मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् ।

अनुगमनका क्रममा यी स्वास्थ्य संस्थामा मध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमती नै नलिइ संचालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए । यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उनले जनाए ।

संचालन अनुमती नलिँदासम्म यी क्लिनिक र ल्याब संचालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग बाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हीत संरक्षण मंच, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

अनुगमन समितिले यही आइतबार मात्रै दर्ताविनै संचालित बुटवलका ६ वटा क्लिनिक समेत बन्द गरेको थियो । पाइलैपिच्छे क्लिनिक खोल्ने तर दर्ता र मापदण्ड पूरा नगरी संचालन गर्ने परिपाटी बढीरहेको छ । नियमित र उजुरीका आधारमा अनुगमन गरी त्यस्ता संस्थाहरुलाई कानूनी दायरामा ल्याइने रानाले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ६ : ०९ बजे

दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइदै छ : प्रचण्ड

काठमाडौं । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा

विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो : प्रचण्ड

काठमाडौं । संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा

देश बनाउन नेताहरू नै पहिला इमान्दार हुनुपर्छ  : सांसद डा शेखर कोइराला

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका नेता

भ्रष्टाचार र कुशासनको सडक र सदनबाट प्रतिवाद गर्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार

प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको