९ बैशाख २०८३, बुधबार | April 22, 2026

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि



मुग्लिन । गर्मी बढेसँगै चितवनको इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।

इच्छाकामनाका उपरदाङगढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् ।

होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् । “चितवनका तराई क्षेत्रमा गर्मी बढ्दोे छ तर यहाँ गर्मीको महशुस नै हुदैँन जाडो छ”, पूर्वअध्यक्ष ढकालले भने।

गर्मी बढेसगैँ मायाटारसहित उर्दाङगढी, घुर्केश हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २ मायाटारमा घरबास सञ्चालन गर्दै आएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताए। उनले भने, “यहाँ बाह्रै महिना पर्यटकहरु आउने गर्छन् तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।”

उनका अनुसार गत बर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताए ।

हाल घुर्केशमा १४ र मायाटारमा दुई वटा घरबास सञ्चालनमा रहेका जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ११ : २३ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन