१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा



नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि लुम्बिनी प्रदेश सरकारले पूजा हुने ४ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । असार १ गते गरिने भूम्या पूजाको अवसरमा लुम्बिनी प्रदेशका ४ जिल्लामा प्रदेश सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो ।

सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भूम्या खाम मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । वैशाख देखी भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि असार १ गते प्रमुख अवसर हो । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ । आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य रहँदै आएको छ । यो अवसरमा गाउँका भद्रभलाद्मी बसेर ‘जनप्रतिनिधि’ (थकाली/मुखिया)छान्ने परम्परा पनि छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १ : ११ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई