१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण



काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो । ए आई ३७९ विमानमा १५६ यात्री थिए ।

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

पीटीआईका अनुसार, थाइल्याण्डबाट नयाँ दिल्ली जाँदै गरेको एयर इन्डियाको एआई ३७९ विमानले बमको धम्की पाएपछि आपतकालीन अवतरण गराएको थियो ।

१५६ यात्रुसहित, उडानलाई दक्षिणी थाई टापुमा फिर्ता अवतरण गरिएको थियो । विमानस्थलका अधिकारीहरूले एनडीटीभीलाई बताएअनुसार आपतकालीन योजना लागू गर्दै सबै यात्रुहरूलाई उडानबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ । भारतीय राजधानी जाँदै गरेको विमानले उडान भरेको थियो ।

विहीबार दिउँसो भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १ : १२ बजे

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र