२४ श्रावण २०८३, आइतबार | August 9, 2026

केरलाबाट दिल्लीतर्फ जाँदै गरेको एयर इन्डियाको विमान चेन्नईमा आपतकालीन अवतरण



काठमाडौं । भारतको केरलाबाट दिल्लीतर्फ जाँदै गरेको एयर इन्डियाको विमान रडारमा खराबी देखिएपछि आइतबार राति चेन्नई विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

उक्त विमानमा केरलाका कांग्रेस महासचिव के.सी. वेणुगोपाल, यूडीएफ संयोजक अधूर प्रकाश, कांग्रेस नेता कोडिकुन्निल सुरेश र के. राधाकृष्णनसहित चार सांसद तथा तमिलनाडुका सांसद रोबर्ट ब्रुस सवार थिए ।

अवतरणपछि पत्रकारसँग वेणुगोपालले यस घटनालाई ठूलो दुर्घटनाबाट बचेको अनुभवको रूपमा वर्णन गर्दै भने, “विमानमा रडारको समस्या थियो, जसका कारण चालक दल आपतकालीन अवतरण गर्न बाध्य भयो । हामी अवतरण गर्नुअघि करिब एक घण्टा दस मिनेट हावामा थियौं । मैले यस विषयमा नागरिक उड्डयन महानिर्देशकलाई जानकारी गराइसकेको छु ।”

सबै यात्रु सुरक्षित रहेका भए पनि घटनाले हवाई ट्राफिक समन्वय र रनवे सुरक्षाबारे प्रश्न उठाएको बताइएको छ । स्रोतका अनुसार, पहिलो अवतरण प्रयासको क्रममा रनवेमा अर्को विमान रहेकोले स्थितिको गम्भीरता बढेको थियो ।

विमानस्थल अधिकारीहरूले भने घटनाबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५५ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले