२१ माघ २०८२, बुधबार | February 4, 2026

संसद खोल्न एमाले र माओवादीबीच २ बुँदे सहमति



काठमाडौं। संसद खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षीबीचमा २ बुँदे सहमति भएको छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन्।

हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बीचमा बिमत र आरोप प्रत्यारोप छैन ।’

प्रतिनिधिसभाका तीन ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा दुई बुँदे सहमति कायम भएको हो ।

जसअनुसार पहिलो बुदाँमा “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ,” उल्लेख छ ।

साथै, दोस्रो बुँदामा भनिएको छ, “अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरुमा उपयुक्त व्यवस्था र संरचनाका लागि ठोस पहल गरिनेछ ।”

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ४ : ०१ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास