१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्जमा फोटो फेस्टिवलको चौथो संस्करण हुँदै



नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जमा हुने भएको छ । अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसंगै फोटोग्राफि तालिम पनि सन्चालन हुने आयोजक अन्तरालले जनाएको छ ।

फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरवाट सहभागी फोटो मध्ये निर्णायक मण्डलले छनौट गरेका १ सय ११ फोटो प्रदर्शनीमा राखिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघीय राजधानी काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ ।

वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो । साथै फेस्टिवलको कोअर्डिनेटरको जिम्मेवारी पत्रकार निशु जोशीलाई प्रदान गरिएको छ । जोशीले फेस्टिवलको दोस्रो संस्करणमा वर्ष फोटो उपाधी जितेकी थिइन् । यसैगरी पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर र तेस्रो संस्करणमा मुगुका पत्रकार राज बहादुर शाहीले उपाधि जितेका थिए ।

१ सय ११ फोटोमध्येवाट निर्णायकहरुले सर्वोत्कृष्ट फोटो छनौट गर्नेछन् । यस फोटोलाई वर्षफोटो –२०८१ अवार्ड प्रदान गरिनेछ । नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको यो सवैभन्दा ठूलो र मुख्य पुरस्कार हो । यसको पुरस्कार राशी ५१ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशैभरवाट उत्साहजनक रुपमा सहभागिता जनाउने सवैलाई धन्यवाद दिंदै आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले २ दिन सम्म चल्ने फोटो प्रदर्शनीमा सवैलाई आमन्त्रण गर्दै भने – ‘यो प्रदर्शनीमा सिंगो नेपाल झल्किनेछ।’

भोटका आधारमा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने

यसवर्ष फोटोग्राफरका फोटोहरुमध्य सर्वाधिक भोट प्राप्त गर्ने फोटोले पनि पुरस्कार प्राप्त गर्ने भएको छ । आयोजकका अनुसार फेस्टिवलका निर्णायकहरुले छनौट गरेका शीर्ष ३१ फोटोहरु भोटिङका लागि अनलाइन राखिएको छ । इसेवा मार्फत मन परेको फोटोमा भोट गर्न सकिने छ ।

आगामी असार ५ गते दिउँसो १ वजेसम्म उक्त फोटोहरुमा भोट गर्न सकिने छ । सर्वाधिक भोट पाउने फोटोलाई यसवर्षको पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ भने यसको पुरस्कार राशी ५० हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

शीर्ष ३१ मा अम्वीर तोलाङ, बबी साईं, तील थापा मगर, शंकर भुजेल, संजय महर्जन, अमित रावल, रोमिन थारु , आर्यन धिमाल, विजय थापा, तिलक गाहा मगर, भूवन श्रेष्ठ, दिलचन पून, हिमाल गैरे, जीवन लामा, केशव न्यौपाने, रामु वली, ब्रम्ह बुढा, मनोज पौडेल, शंकर भुजेल, मैत्या घर्ती मगर र विनय रावलको फोटोहरु पिपुल्स च्वाइस अवार्डका लागि चुनिएका छन् । फोटो प्रतिस्पर्धामा देशैभरवाट २१ सय भन्दा बढी फोटो सहभागी थिए ।

विधागत उत्कृष्ट पुरस्कार

यसवर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कार सहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरि प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यसवर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने भएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ५ : ५४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको