४ श्रावण २०८२, आइतबार | July 20, 2025

पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते



काठमाडौँ । छिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन् ।

सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । उनका अनुसार रोल्पामा मात्रै आठजना घाइते भएका छन् । यहाँको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा छ जना बालबालिका घाइते भएका थिए भने रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट दुईजना घाइते भएका हुन् ।

मकवानपुरको राक्सिराङमा दुई, प्यूठानको ऐरावती गाउँपालिकामा दुई, दाङको घोराही उपमहानगरपालिकामा दुईजना चट्याङबाट घाइते भएका केसीले जानकारी दिए । उनका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट एक÷एकजना घाइते भएका छन् ।

यस्तै, लेक लागेर रसुवामा एक जना र आगलागी हुँदा रुपन्देहीमा दुईजना घाइते भएका प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा ३० वटा विपद्का घटना भएका पनि प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  १० : १० बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध